
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलको अर्को ठूलो सेटिङको खुलासा भएको छ । भक्तपुर क्यान्सर अस्पतालले बैशाख १३ गते ‘२५६’ स्लाईस सिटी स्क्यान खरिद गर्न आह्वान गरेको टेण्डरमा सचिव पोखरेलले सेटिङ गरेको हुन् ।
स्वास्थ्य सचिव डा. पोखरेलको ‘सेटिङ’ मेसिन उत्पादक सिमेन्स कम्पनीका एजेन्टसँगको मिलेमतोमा अस्पताल प्रशासनले प्राविधिक मापदण्ड लक्ड गरेर ६ करोड बढी भ्रष्टाचारको योजना नीतिगत रुपमै बनाइएको पाइएको छ । उक्त कम्पनीको मेसिनलाई नेपाली बजारमा अधिकतम मूल्य १२ करोडभन्दा बढी नपर्ने सप्लायर्सहरु नै बताउँछन् । तर, १८ करोड रुपैयाँमा खरिद गर्ने तयारी भइरहेको छ ।
उक्त टेण्डरको प्रि मिटिङ बैशाख २९ गते बोलाइएको थियो तर यसलाई औपचारिकमै सिमित राखिएको थियो । टेण्डरमा सहभागी ६ वटा कम्पनीले स्पेकलक संशोधनको माग राखेपनि सचिव डा. पोखरेलको दवावमा संशोधन नगरिएको एक व्यवसायीले बताए ।
६ करोड बढी मूल्य बढाएर इष्टवेष्ट कन्सर्नलाई टेण्डर पर्ने गरी स्पेक लक गरिएको उक्त टेण्डर स्विकृति अन्तिम चरणमा पुगेको छ । यो स्वीकृत गरिए राज्यालाई ६ करोड घाटा हुनेछ ।
डा. पोखरेल स्वास्थ्य सचिव बनेदेखि सबै टेण्डर विवादित भएका छन् । ती टेण्टरहरुमा डा. पोखरेल प्रत्यक्ष रुपमा जोडिएको स्रोतको दाबी छ । सचिव पोखरेलले नीतिगत रुपमै भ्रष्टाचार गर्ने गरी स्पेक गर्दै आएका छन् ।
सचिव डा. पोखरेल प्रत्यक्ष रुपमा जोडिएका ट्रामा सेन्टर, भरतपुर अस्पतालका एमआरआई मेसिन खरिदमा पनि यस्तै गरी स्पेकलग गरिएको छ । त्यसबारे उजुरी परेपछि स्वास्थ्य तथा जनसंख्यमन्त्री मोहनबहादुर बस्नेतले छानविन समिति समेत गठन गरेका छन् ।
सचिव पोखरेलले यसरी नै नीतिगत रुपमै भ्रष्टाचार गरेर अकुत सम्पती आर्जन गरेको भन्दै सम्पती शुद्धिकरण अनुसन्धान विभागमा उजुरी परेको छ । त्यस्तै पोखरेललाई कारवाहीको माग गर्दै अख्तियार अनुसन्धान दुरुपयोग आयोगमा समेत उजुरी परेको छ ।