आज :

प्रचण्ड सरकारको अर्को लोकप्रिय निर्णयः वीर अस्पतालमा ७ सय जनरल बेड बिरामीलाई निःशूल्क

  • अनलाइन डबली

काठमाडौं । सरकारले अर्को जनपक्षीय निर्णय गरेको छ । सरकारले शुक्रबारदेखि वीर अस्पतालमा ७ सय जनरल बेड बिरामीलाई निःशुल्क गरिएको छ ।

सरकारको निर्देशनमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सको कार्यकारी पदाधिकारीको निर्णयले सबै जनरल बेड बिरामीलाई निःशुल्क उपलब्ध गराउने निर्णय गरेको छ ।

पदाधिकारी नियुक्तिसँगै सरकारले आर्थिक अभावकै कारण ज्यान जाने अवस्थाको अन्त्य गर्ने उद्देश्यले सरकारले यो निर्णय गरेको हो । सरकारले गरिब र विपन्न वर्गको अस्तापलको ‍रुपमा वीरलाई विकास गर्न खोजेको छ । सेवा विस्तार गरेर भए पनि जनरल बेड निःशुल्क गर्ने निर्णय गरिएको अस्पतालले जनाएको छ ।

अस्पतालका रेक्टर डा. लोचन कार्कीका अनुसार जनरल बेड सबै निःशुल्क गर्दा वार्षिक ५ करोड खर्च हुनेछ । शल्यक्रिया, सिटी स्क्यान लगायतका सेवा बढाउने र खर्चको मितव्ययिता गरेर जनरल बेड निःशुल्क गर्न लागिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal