
काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले गोरखामा भएको सवारी दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । गएराति गोरखामा जन्ती बोकेको जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएकोमा घटनाप्रति शोक व्यक्त गरेका हुन् ।
दुर्घटनामा परी शहीद लखन गाउँपालिका वडा नम्बर ५ का १९ वर्षीय प्रवीण थापा, २८ वर्षीय वीरबहादुर थापा, १९ वर्षीय नीरज थापा, १९ वर्षकै नवीना थापा र ६४ वर्षका धनबहादुर थापाको मृत्यु भएको थियो । प्रधानमन्त्रीले घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।
“गोरखा जिल्लाको शहीद लखन गाउँपालिका(३ मा सवारी दुर्घटना हुँदा पाँच जनाको दुखद् निधनको खबरले मर्माहत भएको छु । दुर्घटनामा परी निधन हुनुभएकाहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछु । दुर्घटनामा परी घाइते हुनुभएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु” प्रधानमन्त्री भनेका छन् ।