आज :

बागमती प्रदेशका मन्त्री शरदको कार्यकक्षमा ‘ग्रेटर नेपाल’ को नक्सा

  • अनलाइन डबली

काठमाडौं । बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाल ‘शरद’ ले पनि कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका छन् । नेकपा माओवादी केन्द्रका नेता समेत रहेका मन्त्री दुलालले बिहीबार आफ्नो कार्यकक्षमा चुच्चे नक्साको ठाउँमा ‘ग्रेटर नेपाल’को नक्सा राखे ।

भारतले आफ्नो नवनिर्मित संसद् भवनमा नेपालको केही स्थानहरू समेटेर ‘अखण्ड भारत’को नक्साको विरोध गरिरहेका मन्त्री दुलालले आफ्नाे कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेर विरोधलाई नयाँ उचाइमा उठाएका छन् ।

विवादित भारतीय चलचित्र आदिपुरुषका लेखकले नेपाल भारतबाट छुटिएर गएको दाबी गरेपछि नेपालमा चौतर्फी विरोध भइरहेको छ ।

यसअघि काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले भारतले संसदमा राखेको ‘अखण्ड भारत’ को नक्साको विरोध जनाउँदै आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा राखेका थिए ।

बालेनले चलचित्र आदिपुरुषमा सीता भारतमा जन्मिएको भनेर गलत राष्ट्रियतामाथि हस्तक्षेप गर्न खोजेको बताउँदै काठमाडौं महानरभित्रका हलमा उक्त चलचित्र प्रदर्शनमा रोक लगाएका छन् । आदालतले चलचित्र प्रदर्शनमा रोक नलगाउने आदेश दिएको छ तर बालेनले उक्त आदेश नमान्ने सार्वजनिक रुपमै बताइसकेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal