आज :

प्रशासन प्रमुख श्रेष्ठलाई छात्रामाथि यौन दुर्व्यवहारको आरोप

  • अनलाइन डबली

दाङ , प्रशासन प्रमुख मिनेश श्रेष्ठलाई सोही विद्यालयको दश कक्षामा पढ्ने किशोरीले आफूलाई यौन दुर्व्यवहार गरेको आरोप लगाएकी हुन् । ‘को को सँग बोल्छेस् कुरा गर्छेस् भन्दै कुममा हात राखेर यताउति गरेको र कोही साथीलाई भनेमा मार्दिन्छु भन्नुभयो ।’

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्,‘ यो मान्छे होइन, जनाबर हो । जनावर राम्रो हुन्छ योभन्दा ।’ विद्यार्थीले प्रशासन प्रमुखले यौन दुर्व्यवहार गरेको आरोप लगाएपछि विद्यालयमा हङ्गामा भएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विकास चौधरीले यसविषयमा आफू गम्भीर भएको बताउँदै दुवैपक्षका कुरा सुनेर के गर्ने भन्ने निष्कर्षमा पुग्ने बताए । ‘यो निकै गम्भीर विषय हो ।’ उनले भने ,‘हामीले मिनेस सरसँग सोध्यौँ । उहाँले आफूले उनलाई सम्झाइबुझाइ गरेको तर, दुर्व्यवहार गरेको छैन भन्नुभएको छ ।’ अध्यक्ष चौधरीका अनुसार विद्यार्थीले भनेको घटना प्रशासन शाखामा भएको हो ।

आरोपित श्रेष्ठले आफू निर्दोष भएको र दुर्व्यवहार गरे नगरेको सिसि क्यामेराको दृश्यले देखाउने बताएका छन् । विद्यालयका अध्यक्ष चौधरीले आज विद्यार्थी, उनका अभिभावक र आरोपितलाई सँगै राखेर सिसि क्यामेरा फुटेज हेरेर थप निर्णय लिने बताएका छन् ।

पीडित परिवारलाई प्रहरीमा उजुरी गर्न रोकिएको छ । पीडितकी आमालाई अहिले विद्यालयमै राखिएको छ । पीडितकी आमाले आफूलाई विद्यालयमै छलफल गर्ने भनेर विद्यालयमै राखिएको बताइन् ।
पीडितकी आमाले जिल्ला प्रहरी कार्यलय दाङमा उजुरी दिएपछि छात्रामाथि यौन दुर्व्यवहारको आरोप लागेका प्रशासन प्रमुख श्रेष्ठलाई पक्राउ समेत गरेको दाङ प्रहरी प्रमुख विरबहादुर वलीले बताएका छन।

  

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal