
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ ले नेपालमा रासायनिक नभएर अर्गानिक कारखानाको आवश्यकता भएको बताएका छन् ।
पूर्वअर्थमन्त्री समेत रहेका प्रभाकरले नेपालमा रासायनिक मल कारखानाको आवश्यकता नभएको बताए । ‘रासायनिक मल कारखानाको कुरा आइराखेको छ । नेपालमा रासायनिक मल कारखानाको आवश्यकता छैन, अर्गानिक मल कारखानाको आवश्यकता छ । हामीसँग भएका स्रोत, साधनहरू र खनिजबाट अर्गानिक मल कारखाना बनाउन सक्छौं’ प्रभाकरले भने ।
आफ्नै स्रोत र साधनलाई परिचालन गरेर अर्गानिक मल कारखाना नेपाल आफैले बनाउन सक्ने प्रभाकरको भनाई छ ।