आज :

हवाई इन्धनको मूल्य घट्यो, अब भाडा पनि घट्ने

  • अनलाइन डबली

काठमाडौं। हवाई इन्धनको मूल्य घटाएको छ। नेपाल आयल निगमको मंगलबार बसेको संचालक समितिको बैठकले आन्तरिक र बाह्य हवाई इन्धनको मूल्य घटाएको छ ।

निगमले आन्तरिकतर्फ हवाई इन्धनको मूल्य १० रुपैयाँ घटेको छ। अब आन्तरिक तर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर १५० कायम भएको निगमले जनाएको छ।

त्यसैगरी निगमले बाह्य तर्फको हवाई इन्धनमा प्रतिलिटर २६ रुपैयाँ मूल्य घटाएको छ । अहिले प्रतिलिटर १७७ रुपैयाँ थियो भने अब १५१.११ रुपैयाँ कायम भएको छ।

निगमले प्रति किलोलिटर २०० अमेरिकी डलर घटाएको छ। यसअघिको मूल्य १३५० डलर थियो। अब घटेर ११५० डलर प्रतिकिलोलिटर कायम गरिएको निगमले जनाएको छ।

हवाई इन्धनको मूल्य घटेसँगै अब भाडा पनि घट्ने भएको छ । एयरलाइन्स कम्पनीहरुले मूल्य घटाउनेबारे छलफल थालेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal