आज :

समाजवादी मोर्चाः सरकारको नेतृत्व प्रचण्ड, सडकको नेतृत्व विप्लव 

  • अनलाइन डबली

काठमाडौँ । लामो समयको छलफल पछि चार पार्टी मिलेर समाजवादी मोर्चा बनाएका छन् । मोर्चाको सोमबार काठमाडौंमा भव्य कार्यक्रमबीच औपचारिक घोषणा गरिएको छ ।  म‍ोर्चामा सरकारमा सहभागी तीन पार्टी र संसद बाहिर रहेको एक पार्टी सहभागी छन् ।

केही नेताहरुले संसद र सरकार बाहिर रहेको विप्लव नेतृत्वको नेकपालाई मोर्चामा सहभागी गराउन असहमति देखाएपनि अन्तिममा सबै  एकमत भएका छन् । मोर्चामा बाबुराम भट्टराईले नेतृत्व गरेको पार्टी पनि सहभागी हुने बताइए पनि अन्तिममा आएर उ बाहिरै बस्यो ।

मोर्चाेमा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र नेकपा कम्युनिस्ट पार्टी सहभागी छन् । मोर्चामा कम्युनिस्ट सिद्धान्त र विचार नमान्ने जनता समाजवादी पार्टी छ । अरु तीन दल कम्युनिस्ट पार्टी हुन् ।

राष्ट्रिय सभा गृहमा भएको घोषणा सभामा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव समाजवादी मोर्चा नेपालको सहमतिपत्रमा संयुक्त हस्ताक्षर गरेका छन् ।

मोर्चासँग ५४ सांसद पुगेका छन् । नेपाली काँग्रेस र नेकपा एमाले नमिलेको अवस्थामा सरकार बनाउन वा गिराउन मोर्चा निर्णयक शक्ति बनेको छ । काँग्रेस वा एमाले जोसँग पनि मोर्चा मिल्यो भने सरकार गठनको लागि आवश्यक संख्या पुग्छ ।

त्यसैगरी संसदभन्दा बाहिर रहेका विप्लव पनि मोर्चामा सहभागी भएका कारण सडकको मोर्चाको नेतृत्व पनि समाजवादीले नै गर्ने देखिएको छ । अब सरकार र सडकको मोर्चाबाट शसक्त भूमिका खेल्ने नेताहरुले बताएका छन् ।

प्रचण्डले मोर्चा घोषणासभाको भाषणमा पनि त्यो झल्किएको थियो । प्रचण्डले विप्लवले संसदभित्र रहेका पार्टीका नेताहरुमा लागेको धुलो टकटकाउन सहयोग गर्ने समेत बताएका थिए ।

प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मोर्चा बन्न परिवर्तन विरोधीविरुद्ध युद्धको घोषणा भएको समेत दाबी गरेका थिए । मोर्चामा परिवर्तन र वामपन्ती सबैलाई सहभागी हुन् प्रचण्डले अपील समेत गरे ।

मोर्चाले १५ बुँदे प्रतिबद्धतामा संघीयता, लोकतन्त्र, सुशासन, समृद्धि र सामाजिक आर्थिक न्यायसहितको नेपाली विशेषताको समाजवादको स्थापना गर्नु मोर्चाको प्रमुख उद्देश्य भएको उल्लेख गरिएको छ ।

मोर्चाको समझदारीपत्रमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जसपाका अध्यक्ष उपेन्द्र यादव, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल र नेकपाका महासचिव विप्लवले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal