आज :

आईसीसी एकदिवसीय विश्व कपः नेपाल अमेरिकाबीच खेल हुँदै

  • अनलाइन डबली

काठमाडौं । आईसीसी एकदिवसीय विश्व कप छनाेटमा नेपाल र अमेरिकाबीच खेल हुँदैछ । नेपाली समय अनुसार दिउँसो पौने १ बजे हरारेकाे टाकासिंगा स्पाेर्ट्स क्लबमा हुदैछ ।

हिजो भएको खेलमा नेपाल जिम्बाब्वेसँग ८ विकेटले पराजित भएको थियो भने अमेरिका वेष्ट इन्डिजसँग ३९ रनले पराजित भएको थियो ।  आजकाे खेलमा दुवै टाेली पहिलाे जितकाे खाेजीमा हुनेछन् ।

यसअघि भएका खेलमा नेपालले अमेरिकाभन्दा खेल बढी जित हात पारेको थियो ।

त्यसैगरी अर्काे खेलमा जिम्बावे र नेदरल्यान्ड्स खेल्दैछन् । यी दुईबीचकाे खेल पनि दिउँसाे पाैने १ बजे हरारे स्पाेर्ट्स क्लबमा हुनेछ ।

विश्व कप छनोटमा नेपाल रहेको समूह ‘ए’ मा जिम्बाब्वेसँगै वेस्ट इन्डिज, अमेरिका र नेदरल्याण्ड्स रहेका छन् । नेपालभन्दा निकै बलिया देश भएकाले नेपाललाई पछिल्लो समयको उत्कृष्ट लय कायमै राख्न मुख्य चुनौती छ ।

समूह ‘बी’ मा आयरल्यान्ड, श्रीलङ्का, यूएई, स्कटल्यान्ड र ओमान छन् । दुवै समूहका शीर्ष तीन टोली ’सुपर सिक्स’ मा पुग्नेछन् । ‘सुपर सिक्स’ मा अर्को समूहबाट आउने तीन टोलीसँग प्रतिस्पर्धा हुनेछ । त्यसपछि शीर्ष दुई टोलीले आउँदो अक्टोबरमा हुने विश्व कपमा स्थान बनाउनेछन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal