आज :

समाजवादी मोर्चा जनताको पक्षमा नयाँ अभियानः प्रचण्ड

  • अनलाइन डबली

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले समाजवादी मोर्चा नयाँ राजनीतिक यात्राको सुरुवात भएको बताएका छन् । चुनावअघिबाट समाजवादी मोर्चाबारे छलफल भएको बताउँदै अहिले आएर विप्लवसहित मोर्चा बन्न सफल भयो । उनले मोर्चा समाजवादी आन्दोलनको लागि नयाँ यात्रा भएको बताए ।

प्रधानमन्त्री प्रचण्डले अग्रगामी, वामपन्थी शक्तिहरु गोलबद्ध हुनुपर्ने अवस्था आएको महशुस भएकोले मोर्चा बन्न गएको बताए । “परिवर्तनविरुद्ध सामन्ती तत्वहरुले फेरि टाउको उठाउन खोजेका छन्, अग्रगामी, वामपन्थी शक्तिहरु गोलबद्ध हुनुपर्ने अवस्था आएको छ, आउनुस् हात मिलाऔं, देशलाई केही गरौं” प्रचण्डले भने ।

परिवर्तलाई अपमानित गर्ने प्रतिगामी तत्वको विरुद्ध मोर्चा भएको बताए । राष्ट्र, जनताको पक्षमा समान्ती तत्वविरुद्ध मोर्चा भएको बताए । विस्तृत शान्ति सम्झौता, १२ बुँदे सहमतिका हिस्सेदार शक्तिबीचको सहकार्यको आवश्यकता महशुस भएको बताए ।

प्रधानमन्त्री प्रचण्डले जनताको पक्षमा सरकार र सडकको मोर्चा सँगै लैजाने बताउँदै प्रतिगामी तत्वविरुद्ध नयाँ अभियान छेड्ने समेत प्रतिवद्धता जनाए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal