
काठमाडौँ । चार दल सहभागी समाजवादी मोर्चा औपचारिक रुपमा घोषणा गरिएको छ । सत्तारुढ गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र सत्ताबाहिर रहेको नेकपा कम्युनिस्ट पार्टी मोर्चामा आवद्ध छन् ।
मोर्चामा कम्युनिस्ट सिद्धान्त र विचार नमान्ने जनता समाजवादी पार्टी छ । अरु तीन दल कम्युनिस्ट पार्टी हुन् ।
राष्ट्रिय सभा गृहमा भएको घोषणा सभामा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव समाजवादी मोर्चा नेपालको सहमतिपत्रमा संयुक्त हस्ताक्षर गरेका छन् ।
संसदमा मोर्चा निर्णय शक्ति बनेको छ । मोर्चासँग ५४ सांसद पुगेका छन् । सरकार गठनमा मोर्चा निर्णय बनेको छ । अब नेपाली काँग्रेस र नेकपा एमाले मिलेबाहेक सरकार मोर्चाको निर्णय आवश्यक पर्ने देखिएको छ ।
त्यसैगरी संसदभन्दा बाहिर रहेका विप्लव पनि मोर्चामा सहभागी भएका कारण सडकको मोर्चाको नेतृत्व पनि समाजवादीले नै गर्ने देखिएको छ । अब सरकार र सडकको मोर्चाबाट शसक्त भूमिका खेल्ने नेताहरुले बताएका छन् ।
मोर्चाले १५ बुँदे प्रतिबद्धतामा संघीयता, लोकतन्त्र, सुशासन, समृद्धि र सामाजिक आर्थिक न्यायसहितको नेपाली विशेषताको समाजवादको स्थापना गर्नु मोर्चाको प्रमुख उद्देश्य भएको उल्लेख गरिएको छ ।
मोर्चाको समझदारीपत्रमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जसपाका अध्यक्ष उपेन्द्र यादव, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल र नेकपाका महासचिव विप्लवले हस्ताक्षर गरेका छन् ।