आज :

पाँचथर र ताप्लेजुङमा बाढी-पहिरोः ९ जना बेपत्ता, आज कोशी र गण्डकी प्रदेशमा भारी वर्षा हुने

  • अनलाइन डबली

काठमाडौं । बाढी-पहिरोमा परी ताप्लेजुङ र पाँचथरमा ९ जना बेपत्ता भएका छन् ।  पनि प्रहरीका अनुसार अविरल वर्षासँगै पाँचथरको हेवा खोलामा आएको बाढीले ९ घर बगाएको छ ।

फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिका जोड्ने हेवा खोलामा आएको बाढीले ठूलो क्षति पुर्याएको छ । बाढीले फालेलुङ गाउँपालिकाको लुमाङदिन र घुमाउनेमा २ वटा मोटरेबल र एउटा झोलुंगे पुल बगाएको छ ।

प्रहरी घटनास्थल पुगेर विवरण संकलन गरिरहेको छ । क्षतिको विस्तृत विवरण आउन बाँकी छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

महाशाखाका मौसमविद रोजन लामिछानेका अनुसार गत २४ घण्टामा कोशी प्रदेशको ताप्लेजुङमा सबैभन्दा धेरै  ५५.२ मिलिमिटर र ताप्लेजुङ स्टेसनमा ५१ मिलिमिटर वर्षा मापन भएको छ ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal