आज :

अजयमेरु गाउँपालिकाको उदारणीय कार्यः किसानको बारीदेखि बजारसम्म कृषि एम्बुलेन्स सेवा

  • अनलाइन डबली

धनगढी । डडेल्धुराको अजयमेरु गाउँपालिकाले कृषि एम्बुलेन्स सेवा सुरु गरेको छ । किसानको बारीदेखि बजारसम्म सेवा दिने उद्देश्यले एम्बुलेन्स सेवा सुरु गरेको गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्टले जानकारी दिए ।

एम्बुलेन्सले किसानको बारीमा उत्पादन भएको तरकारी तथा अन्नबाली बजारमा पुर्याउने र किसानको माग अनुसार बजारको बस्तु किसानको घरसम्म ल्याउने भट्टले अनलाइन डबलीसँग बताए ।

किसानले उत्पादन गरेको बस्तु बजारसम्म पुर्याउन नसक्दा खेर जाने गरेको र बजारबाट कृषि सामाग्री तथा बस्तु ल्याउन उत्पन्न हुने समस्याको समाधान गर्न कृषि एम्बुलेन्स सेवा गरेको गाउँपालिकाले जनाएको छ ।

महंगो ढुवानीका कारण किसानले उत्पादन गरेको बस्तुमा बारीमै कुहिने समस्याबाट मुक्त हुने अपेक्षा गरिएको छ ।

एम्बुलेन्सले पालिका बाहिर पनि सेवा दिने अध्यक्ष भट्टले जानकारी दिए ।

गाउँपालिका अध्यक्ष भट्टले कृषि एम्बुलेन्सबाट सेवा लिन किसानहरुलाई अनुरोध गरेका छन् । पालिकाको उदारणीय कार्यबाट किसानहरु खुशी भएका छन् ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal