आज :

आईसीसी क्रिकेट विश्वकपः आज नेपालले पहिलो खेल जिम्बाब्वेसँग खेल्दै

  • अनलाइन डबली

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप छनोटको पहिलो खेल नेपाल र घरेलु टोली जिम्बाब्वेबीच खेल हुने भएको छ । जिम्बाब्वेको हरारे स्पोर्टस क्लबमा हुने लागेको खेल नेपाली समय अनुसार दिउँसो १ बजेबाट सुरु हुनेछ ।

खेलमा समूह ए मा रहेको जिम्बाब्वे र नेपालबीच पहिलो पटक खेल हुन लागेको छ । जिम्मबाब्वे टेष्ट मान्यता प्राप्त टीम हो ।

सन् २०१८ मा पनि जिम्बाब्वेमै भएको विश्वकप छनोटमा जिम्बाब्वेसँग खेलेपनि नेपालको ओडीआई मान्यता नभएकोले उक्त खेलले पनि ओडीआई मान्यता पाएको थिएन । विश्वकप छनोट खेल्ने सबै १० टोलीसँग ओडीआई मान्यता छ ।

नेपालले सन् २०१८ मा ओडीआई मान्यता पाएको थियो । त्यसयता नेपालले ५१ ओडीआई खेलिसकेको छ ।

त्यसैगरी नेपालले पहिलो पटक समूह चरणमा जिम्बाब्वेसहित पूर्वविश्व विजेता वेष्ट इन्डिज, नेदरल्याण्ड्स र अमेरिकासँग पनि समूह चरणमा खेल्नेछ ।

नेपालले यस पटक सुपर सिक्समा पुग्ने लक्ष्य राखेको छ । समूहका शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गर्नेछन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal