काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सम्पदा सल्लाहकारमा अभियन्ता यादवलाल कायष्थलाइ नियुक्त गरेको छ । दशक भन्दा लामो समय बात काठमाडौँ उपत्यकामा रहेका मुर्त अमुर्त सम्पदा संरक्षणमा विशेष चासो दिदै आएका कायष्थलाइ बुधबार महानगरले मेयर बालेन्द्र साहको अवैतनिक सम्पदा सल्लाहकारमा मनोनयन गरिएको हो।
सम्पदा अभियन्ता कायष्थको पहलमा उपत्यकामा रहेका सम्पदा सम्रक्षण भएको धेरै उदाहरणहरु रहेका छन्। पछिल्लो समय पुरिएका ढुंगे धारा उत्खनन तथा हराएका मुर्तिहरु खोजि गर्दै पुनः प्रतिस्थापन गर्नमा ब्यस्थ रहेका कायष्थ महानगरले दिएको यो जिम्मेवारी पछी अधिकार प्राप्त अधिकारिको रुपमा कामगर्न आगामी दिनमा सहज हुने बाताउ छन्। उनले भने ‘ सम्पदा माथि हस्तक्षप् गरि लाभ लिने तत्वमाथि प्रतिकारात्मक हुदै आएको मेरो कदमलाइ महानगरले सम्मान गरेको छ। ’ खुला संग्रालयले रुपमा विश्वले हेरेको काठमाडौँ उपत्यकाको सम्पदा, मौलिक परम्परालाइ जीवन्त बनाइ राख्ने दायित्व महानगर वासीको पनि रहेको कायष्थको भनाइ छ।