आज :

कान्तिपुरका अमुक अपेक्षाहरु पूरा नगरेपछि मेरो चरित्रहत्या गर्न समाचारमा तान्न खोजियः प्रभाकर

  • अनलाइन डबली

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ ले कान्तिपुर दैनिकले आफ्नो चरित्रहत्या गर्ने उद्देश्यले समाचारमा जबरजस्त आफूलाई जोडेको बताएका छन् । प्रभाकरले कान्तिपर सम्वद्ध व्यक्तिहरुको अमुक अपेक्षाहरू पूरा नगरेका कारण व्यक्तिगत मानहानी र चरित्रहत्या गर्ने गरी समाचार प्रकाशित भएको दाबी समेत गरेका छन् ।

कान्तिपुर दैनिकको जेठ ३२ बिहिबार ‘नेपाली र अमेरिकी ठग्ने दुई गिरोहको साँठगाँठ’ शिर्षकको समाचारका विषयबस्तु निराधार, कप‍ोलकल्पित भएको भन्दै आफ्नो ध्यानाकर्षण भएको बताएका छन् । उनले समाचार पूर्वाग्रहपूर्ण र अतिशयोक्ति भएको समेत बताएका छन् ।

माओवादी केन्द्रका संगठन विभाग प्रमुख समेत रहेका प्रभाकरले समाजिक संजालमार्फत आफ्नो चरित्रहत्या गर्ने गरी प्रकाशित समाचारमा समावेश गरिएका विषयबस्तुमाथि अनुसन्धान गर्न आफू तयार रहेको बताउँदै भ्रमपूर्ण समाचारको पछि नलाग्न अपील समेत गरेका छन् ।

यस्तो प्रभाकरको स्टाटसः 

कान्तिपुर दैनिकको मिति २०८०, जेठ ३२ बिहिबारको बर्ष ३१ अंक ११७ मा प्रकाशित “नेपाली र अमेरिकी ठग्ने दुई गिरोहको साँठगाँठ “ शिर्षकमा प्रकाशित समाचारमा मेरो तस्विर समेत राखी अतिशयोक्ति एंव भ्रामक समाचार प्रकाशन गरेकोमा मेरो गंभीर ध्यानाकर्षण भएको छ ।
समाचारको उठान र प्रस्तुति जसरी गरिएको छ, त्यो आफैमा पूर्वाग्रह र अतिशयोक्तिले भरिएको छ । उक्त विषयवस्तुलाई अनेकौँ जलप लगाएर आम पाठक र सर्वसाधारणलाई भ्रम श्रृजना गरी पूर्वाहग्रहपूर्ण ढंगबाट मलाई जोडेर मेरो राजनितिक जीवनमा समेत प्रश्न उठाउन खोजिएबाट म चुप लागेर बसेमा कान्तिपुर दैनिकले म माथि लगाएका संगीन आरोपहरूलाई मौन रुपमा स्विकारेको ठहर्ने भएकोले मैले सामाजिक सञ्जालहरु मार्फत यि कुराहरु राख्न बाध्य भएको हु । उक्त समाचारमा उठाइएका विषयबस्तुहरु सवै निराधार र कपोलकल्पित हुन, त्यसका लागी म जुनसुकै अनुसन्धानका लागी समेत तयार रहेको व्यहोरा अवगत गराउन चाहन्छु । उक्त दैनिक र दैनिक सम्वद्ध व्यक्तिहरुको अमुक अपेक्षाहरू पूरा नगरेको सन्दर्भलाई मेरो व्यक्तिगत मानहानी र चरित्रहत्या गर्ने उद्धेश्यले तथ्यलाई तोडमोड गरी जवरजस्ती ढंगबाट समाचारमा मलाई तान्न खोजिएको छ । जुन कुरा सरासर गलत र मनगडन्ते हो । यस बिषयमा मैले निकट भविष्यमा वास्तविकतासहितको विवरण आम नेपाली सामु राखी प्रस्ट्याउने छु । साथै उक्त दैनिकका यस्ता भ्रमपूर्ण समाचारको पछाडि नलाग्न समेत सबैमा हार्दिक अपील समेत गर्दछु ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal