
काठमाडौँ। नक्कली शरणार्थी प्रकरणमा सरकारी वलिकले आजबाट जवाफी बहस गर्ने भएको छन् । पक्राउ परेका १८ जना आरोपीको तर्फबाट थुनछेक बहस सकिएपछि आज सरकारी वकिलले जवाफी बहस गर्ने भएका हुन् ।
जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौँका प्रमुख अच्यूतमणि न्यौपानेसहितका चार जना अधिवक्ताले जवाफी बहस गर्ने तय भएको छ ।
जिल्ला अदालत काठमाडौँका न्यायाधीश प्रेमप्रसाद न्यौपानेले सरकारी वकिलको जवाफी बहस आजै दिउँसो २ बजेभित्र नै सक्न निर्देशन दिएका छन् ।
जवाफी बहस सकिएपछि आजै सम्भवत आजै धरौटीमा छाड्ने अथवा थुनामै राखेर मुद्दा अगाडि बढाउने भन्ने आदेश आउने छ । बहस सकिएपछि आजै साँझसम्म थुनछेक आदेश आउन सक्ने बताइएको छ ।