
काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसँग संसदीय सुनवाइ समितिले आज प्रष्टीकरण लिने भएको छ । आज बिहान ८ बजे समिति बैठकमा उपस्थित हुन कार्कीलाई सन्देश पठाइएको छ ।
संवैधानिक परिषदले प्रधानन्यायाधीशमा सिफारिस गरेपछि समितिले उनीविरुद्ध उजुरी मागेको थियो । कार्कीविरुद्ध सहकार्मी न्यायाधीशदेखि सामान्य नागरिक गरी २९ वटा उजुरी परेका छन् ।
उजुरीकर्ताले कार्की प्रधानन्यायाधीश हुन योग्य नभएको दाबी गरेको छ । यसबारे कार्कीसँग सोधपुछ गरिने समितिले जनाएको छ ।
प्रमुख प्रतिपक्ष नेकपा एमालेले संसदीय सुनुवाई समिति गठनमा सहयोग नरेकेका कारण कार्र्की लामे समयदेखि कार्याबहाक प्रधानन्यायाधीशको जिम्मेवारीमा रहेका छन् ।