आज :

आजको मौसमः काठमाडौँसहित धेरै ठाउँमा वर्षा हुने, बाढी–पहिरोको खतरा बढ्यो

  • अनलाइन डबली

काठमाडौँ । समयमै नेपाल भित्रिएको मनसुनका कारण काठमाडौँसहित देशका पूर्वी र मध्य भागमा वर्षा भइरहेको छ । गएराति काठमाडौँसहितका ठाउँमा भारी वर्षा भएको थियो भने विहानैबाट मौसम बदली भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसारका अनुसार आज पनि बाग्मती, गण्डकी र कोशी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने केही भागमा ठूलो वर्षा हुनेछ । पूर्वी क्षेत्रमा वर्षा भइरहेपनि पश्चिमी भूभागमा भने अझैं अडेरी परेको छ । महाशाखाले नेपालमा हिजो मनसुन भित्रिएको जनाएको छ ।

गण्डकी, कोशी र बाग्मती प्रदेशका केही ठाउँमा ठूलो वर्षा भएको छ । ठूलो वर्षाका कारण यी प्रदेशका केही नदी तथा खोलामा पानीको बहाव बढेको छ ।

पछिल्लो २४ घण्टामा लमजुङको खुदी बजारमा १३० मिलिमिटर पानी परेको छ । यस्तै, लमजुङकै कुन्सामा १०३ मिलिमिटर, कास्कीको सिक्लेसमा ९३ दशमलव २, लमजुङको गैरीढुंगामा ८५, रैनास्तर ९० दशमलव ४ मिलिमिटर वर्षा भएको छ ।

यस्तै, बाग्मती प्रदेशको मकवानपुरको दामनमा ७० दशमलव २ मिलिमिटर वर्षा भएको छ । यस्तै, धादिङ धुनीबेशीमा ७१ दशमलव ४, काठमाण्डौको बूढानीलकण्ठ आसपासमा ३६ मिलिमिटर र ललितपुरको लेलेमा ६० दशमलव ४ मिलिमिटर वर्षा भएको छ ।

ठूलो वर्षासँग बाढी पहिरोको उच्च जोखिम रहेकोले सतर्क रहन महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal