आज :

खुकुरी प्रहार गरि भाइले गरे दाइ को हत्या

  • अनलाइन डबली

काठमाडौँ । काठमाडौँको ओमबहाल जोर गणेश स्माथित भाइले खुकुरी प्राहर गरि दाइको हत्या गरेका छन् । काठमाडौँ महानगरपालिका २३ ओमबहालमा स्थाई घर भएका २५ वर्षीय सुरज शाक्यले आफ्नै दाइ ४५ वर्षीय सूर्य शाक्यको सोमबार राति हत्या गरेका हुन् ।

प्रहरी वृत्त जनसेवाका प्रमुख डीएसपी भेषराज रिजालका अनुसार घटना गत राती १२ बजेतिर भएको हुन सक्ने ,  प्रहरीलाई भने बिहान ८ः३० बजे मात्रै खबर आएको थियो । दाइ र भाइबीच झगडा भएपछि भाइले धारिलो हतियारले प्रहार गरी दाइको हत्या गरेको हुन सक्ने प्रहरिने भनाइ रहेको छ ।

डीएसपी रिजालका अनुसार  मदिरा सेवन गरी घर आएका दाइ सूर्यले आमालाई गालीगलौज गर्न थालेपछि भाइ सुरजले धारिलो हतियार प्रहार गरी रातको करिब १२ बजे दाइको हत्या गरेको बुझिएको ।

घरको दोश्रो तल्लामा धारिलो प्रहार प्रयोग गरे लगत्तै सुरजले दाइको कोठाको बत्ती निभाएर माथिल्लो तलामा गएर सुतेका थिए । घटनाबारे परिवारका सदस्यहरूले नजिकै रहेको प्रहरी वृत्त जनसेवालाई बिहान मात्रै जानकारी आएको हो ।

हत्यापछि फरार भएका भाइ सुरजलाई प्रहरीले बाङ्गेमुढाबाट नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

घटना घटेको स्थान रातो घेरा भित्र 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal