काठमाडौं। नक्कली भूटानी शरणार्थी प्रकरणका विचौलिया केशव दुलालको घरमा विप्लव नेतृत्वको नेकपाले कब्जामा लिएको छ । ललितपुरस्थित हात्तीवनमा रहेको निर्माणाधीन घर नेकपाका कार्यकर्ताले कालो झण्डा र व्यानर गाडेर नियन्त्रणमा लिएको बताएका छन् ।
घरमा टाँसिएको व्यानरमा नक्कली भुटानी शरणार्थी काण्डमा मुख्य विचौलियाको निकृष्ट भूमिकामा रही ठगी गरेको, मानव तस्करी र राष्ट्रघात जस्तो अक्षम्य अपराध गरेको हुनाले अपराधिक कार्यमार्फत लुटेको धनबाट निर्मित अपराधी केशव दुलालको यो घर जनताको आग्रह, अपिल एवम् सहभागितामा जन – नियन्त्रणमा लिइएको लेखिएको छ ।
उक्त घर दुलालको स्वामित्व खारेज भइ सार्वजनिक स्वामित्वमा आएको नेकपा ललितपुरले जनाएकोछ।