काठमाडौं । गौर हत्याकाण्डको मुद्दा बल्ल पेशीमा चढेको छ । १६ बर्षसम्म दर्ता गर्न नमानेको मुद्दा सर्वोच्च अदालतमा सोमबार सुनुवाईका लागि पेसी तोकिएको छ ।
उक्त घटनाका घाइते त्रिभुवन साहले जेठ २१ गते जिल्ला प्रहरी कार्यालय रौतहट गौर, जिल्ला सरकारी वकिल कार्यालय रौतहट गौर समेतलाई विपक्षी बनाएर रिट निवेदन दर्ता गराएका थिए ।
सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा उक्त रिट निवेदनमाथि सुनुवाई हुने गरी सोमबार पेसी तोकिएको छ । उक्त रिट निवेदनमाथि सुनुवाईका लागि जेठ २२ गते पनि पेसी तोकिएको थियो । तर त्यसदिन ‘हेर्न नभ्याइने’ सूचीमा मा परेको थियो ।
२०६४ चैत २७ गते तत्कालीन मधेसी जनाधिकार फोरमका कार्यकर्ताहरुले २७ जना माओवादी नेता कार्यकर्ताको लखेटीलखेटी हत्या गरेका थिए ।