
पहिलो पटक माओवादी पार्टीको सदस्य हुँदै गर्दा परियार १४ / १५ वर्षको उमेरमै गाउँ कलाकार मार्फत आफ्नो राजनीतिक यात्राको सुरुवात गरेका थिए। , कलाकारिता क्षेत्रबाट उदाएका उनी गाउँ कलाकार को अध्यक्ष हुँदै एरिया कलाकार को उपाध्यक्ष समेत हुनुभएको थियो।
राजनीति प्रतिको निष्ठा त्याग , समर्पण , इमानदारिता र कार्यकुशलताका कारणले नै एरिया कलाकारमा उपाध्यक्षको रुपमा काम गरेको केही महिनापछि हिमाली जनसांस्कृतिक परिवार हुम्ला जिल्लामा जोडिनुभयो ।
जिल्ला कलाकारमा काम गर्दै गर्दा हुम्ला जिल्लाका विभिन्न ठाउँ साथै जिल्ला बाहिर पनि विभिन्न ठाउँ पुगेर जनताका घर दैलोमा पुगेर क्रान्तिको ज्योति छर्ने गरिब झुपडीका जनताहरूलाई आफ्नो हक अधिकार को खातिर लड्नुपर्छ भन्ने कुराको लागि सँधै लागिपरेका थिए। पार्टीमा रहँदा नेता कार्यकर्ता र सहयोद्धा साथीहरू सँग इमानदार र अत्यन्तै मिलनसार व्यक्तिको छवि बनाएका छन्। कलाकारिता क्षेत्रको माध्यमबाट पार्टीको काममा अहोरात्र खटिएका थिए।
“युद्धको हरेक धेरैजसो ठाउँमा तत्कालीन राज्यसत्तामा विरुद्धका धेरै जसो सङ्घर्षमा तत्कालीन शाही सेनासँग धेरै चोटिको मुठभेट मा पनि पर्नुभएको सम्झना उनी बताउँछन त्यतिबेला मरिन्छ कि बाँचिन्छ भन्ने कुनै आशा थिएन,जीवनलाई आहुती दिएर बाचे बाँचिन्छ मरे देशको लागि मरिन्छ भन्ने भावनाका साथ हिँडिन्थ्यो ” ।
जनआन्दोलनमा आफ्नो तर्फबाट महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै पछि पार्टी राजनीतिमा प्रवेश गर्नुभयो, मा संविधान सभाको निर्वाचन देखि हालसम्म हुँदै आयका पार्टीका निर्वाचनमा पार्टी लाई सफलता दिलाउन तन मन धन र विभिन्न सङ्घर्षमा लाग्दै आउनु भयको छ । उनी माओवादी पार्टीभित्र हालसम्म पनि इमानदार नेताको छवि बनाएका हुँदा पार्टीले कदर समेत गरेको छ।
हाल उहाँ माओवादी केन्द्र को जिल्ला समन्वय समिति सदस्य , ताँजाकोट गाउँपालिका को पार्टी सचिव रहनुभएको छ भने हिजो मात्रै सम्पन्न नेपाल दलित मुक्तिमोर्चा को केन्द्रीय समितिको दोश्रो पूर्ण बैठकले उहाँलाई केन्द्रीय सदस्य साथै हुम्ला जिल्ला इन्चार्जको जिम्मेवारी दिएको छ. जिम्मेवारी प्रदान गरेकोप्रति आम नेता कार्यकर्ता शुभेच्छुक सबैले उहाँप्रति न्याय भयको टिप्पणी गरेका छन र आफूलाई यश महत्त्वपूर्ण जिम्मेवारी दिएको प्रति जिल्ला पार्टी , नेपाल दलित मुक्तिमोर्चा कर्णाली प्रदेश समिति र केन्द्रीय समिति र प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग शुभेच्छा प्रकट गर्नुहुनेलाई कृतज्ञता प्रकट गरेका छन्।