आज :

रुसविरुद्ध आक्रमण सुरु गरेको जेलेन्स्कीको घोषणा, पुटिनले आफ्ना सेनालाई दिए यस्तो आदेश  

  • अनलाइन डबली

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसविरुद्ध जवाफी आक्रमण सुरु भएको घोषणा गरेका छन् । उनले आफ्नो देश गुमेको भूमि फिर्ता गर्न ठूलाठूला प्रतिकारात्मक आक्रमण सुरु गरेको जेलेन्स्कीले बताएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

जेलेन्स्कीको भने, ‘हामीले आत्मरक्षासँगै जवाफी आक्रमण सुरु गरेका छौँ। हाम्रा सेना रुसी सेनालाई धपाउने लक्ष्यका साथ अघि बढिरहेका छन् ।’ यसबारे उनले थप नबताएपनि युक्रेनी सेना बख्मुत र दक्षिणमा जापोरिझियामा अगाडि बढिरहेको बताइएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनले जवाफी आक्रमण सुरु गरेको स्वीकार गरेका छन् । सेनाका उच्च अधिकारीसहितको एउटा बैठकमा पुटिनले चुनौतीको सामना गर्न सेनालाई आदेश दिएका छन् ।

युक्रेन अमेरिकाले दिएका एफ–१६ लडाकु जहाज, जर्मनीले दिएका लियोपार्ड– २ ट्याङ्क, बेलायतले दिएका च्यालेञ्जर्स–२ ट्याङ्क लगायत हतियारको भरमा रुससँग आक्रमणमा उत्रिएको छ ।

जेलेन्स्कीको यो घोषणालाई युक्रेन युद्ध वारपारको रुपमा हेरिएको छ । अमेरिकालगायतका पश्चिमा देशहरुले थप हतियार दिन ढिला गरेकै दिन युक्रेन पराजित हुने बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal