
काठमाडौँ । अर्थमन्त्री प्रकाशशरण महतले बजेटमाथि उठेका प्रश्नको जवाफ दिने भएका छन् । प्रतिनिधिसभाको बैठक सङ्घीय संसद् भवन बानेश्वरमा बिहान ११ः०० बजे बस्दैछ ।
सांसदहरुले बजेटमाथि आफ्ना धारणा राखिरहेका छन् । आज पनि केही सांसदहरुले धारणा राख्ने भएका छन् । संसद सचिवायलका अनुसार आजको बैठकमा आर्थिक वर्ष २०८०-८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि छलफल जारी रहेनछ ।