
काठमाडौँ । डा. बाबुराम भट्टराई माओवादीमै फर्किने भएका छन् । जेठ २५ र २६ गते बसेको नेपाल समाजवादी पार्टीको केन्द्रीय समिति बैठकले माओवादी केन्द्रलगायत विचार र राजनीतिक एजेण्डा मिल्ने पार्टीहरुसँग समाजवादी मोर्चा बनाउँदै एकताका लागि पहल गर्ने निर्णय गरेको छ ।
माओवादीसँग पार्टी एकतासहितको प्रस्तावलाई एकमतले पारित गरेको छ । बैठकले समाजवादी केन्द्र र ध्रुव निर्माणका लागि समाजवाद केन्द्रित कार्यक्रमसहित माओवादीसँग पार्टी एकाताका लागि वार्ता समितिले प्रस्तुत गरेको प्रस्तावको औपचारिक जवाफ आएपछि थप निर्णय गर्ने निर्णय समेत गरेको छ ।
बैठकले असारदेखि मंसिरसम्म संगठन निर्माण तथा विस्तार अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।