काठमाडौँ । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) सुदूरपश्चिम प्रदेशको प्रथम सम्मेलनले सरस्वती रावलको अध्यक्षतामा १२९ सदस्यीय नयाँ समिति निर्वाचित गरेको छ ।
विहीबार सम्पन्न सम्मेलनले उपाध्यक्षमा उर्मिला चौधरी, सत्य देवी चिमाडी, मैना रावल, कमला चौधरी रहेका छन् । त्यसैगरी सचिवमा कमला ज्ञवाली (श्रीपाली), सहसचीव दुर्गा जोशी भट्ट, लिला कुँवर र कोषाध्यक्षमा गीता नेपाललाई सम्मेलनले निर्वाचित गरेको छ ।
महिलाविरुद्ध हुने हिंसा, संविधानबाट प्राप्त अधिकार उपयोगबाट बञ्चित हुनुपर्ने अवस्थाविरुद्ध अभियानात्मक रुपमा संघर्ष गर्ने निर्णय समेत गरेको छ ।