आज :

अराजक गतिविधिलाई सरकारले छुट दिँदैनः गृहमन्त्री श्रेष्ठ

  • अनलाइन डबली

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अराजक गतिविधिलाई कुनै हालतमा सरकारले छुट नदिने उनले बताए । नेकपा एमाले सांसदको जवाफ दिँदै शुक्रबार संसद बैठकमा गृहमन्त्री श्रेष्ठले भने, “संविधान र कानुनलाई हातमा लिने, अराजक गतिविधि गर्ने, सार्वजनिक सम्पत्ति वा संस्थाहरुको सुरक्षमा चुनौती उत्पन्न गर्ने वा व्यक्ति नेताहरुको सुरक्षामा थ्रेट उत्पन्न गर्ने कुनै पनि गतिविधिलाई सरकार छुट दिन सक्दैन ।”

कोशी प्रदेश नामाकरणको विषयलाई लिएर भइरहेको आन्दोलनको क्रममा आफ्नो नेता कार्यकर्तामाथि आक्रमण भइरहेको तर सरकार चुप लागेको भन्दै एमालेले सरकारको धारणा माग गरेको थियो । एमालेको माग अनुसार संसद बैठकमा बोल्दै श्रेष्ठले आन्दोलनमा नाममा हुने अराजक गतिविधि सैह्य नहुने बताए ।

एमाले सांसद योगेश भट्टराईले आन्दोलनका नाममा सत्तारुढ दलका नेता कार्यकर्ता नै आफूहरुसँग भिड्न आएको त होइन भन्दै प्रश्न गरेका थिए ।

गृहमन्त्री श्रेष्ठले शान्तिपूर्ण रुपमा आफ्नो विचार र दृष्टिकोण राख्ने सुविधा सबैलाई हुने बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal