आज :

स्वबासी समस्या समाधान हुन्छ – भूमिमन्त्री रन्जिता श्रेष्ठ

  • अनलाइन डबली

काठमाडौँ  । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठले काठमाडौंं उपत्यकाभित्रको स्वबासी समस्या समाधान गर्ने आश्वासन दिनुभएको छ । उपत्यकाबासी ब्यवस्थापन तथा सहयोग संघर्ष समितिले स्वबासी र बेनिस्साका घरखेत दर्ता खुल्ला गर्नुपर्ने माग राख्दै मन्त्रीको ध्यानाकर्षण गराउने क्रममा उहाँले आफ्नै कार्यकालमा भूमि सम्बन्धिको समस्या समाधान गर्ने बताउनुभएको हो । ‘म अहिले मन्त्रीपरिषद्को सदस्य पनि हुँ । मलाई तपाइँहरुको समस्या राम्रैसँग ज्ञात छ । त्यसैले हजारौं वर्षदेखि आफ्नै थातथलोमा बस्दै आएका स्वबासी र जग्गाको निस्सा नभएका स्थानियहरुलाई लालपूर्जा उपलब्ध गराउनेमा सहजिकरण गर्नेछु ।’ मन्त्री श्रेष्ठले बताउनुभयो । संघर्ष समितिकी संयोजक पृथविन्दु महर्जनको नेतृत्वमा गएको टोलीसँग भेटवार्ता गर्ने क्रममा मन्त्री श्रेष्ठले पीडित स्वबासीहरुको पक्षमा आफु सधैं उभिने बताउनुभएको थियो ।
पीडित पक्षले मन्त्री श्रेष्ठलाई ध्यानाकर्षण गराउनु अघि माइतीघर मण्डलामा धर्ना दिएका थिए । उनीहरुले २०७२ सालमा जारी भएको नेपालको संविधानले सम्पूर्ण नागरिकलाई सम्पत्तिको हक प्रत्यायोजन गरेको भएपनि संविधान बमोजिम अधिकार प्राप्त नभएकोमा गुनासो गरेका छन् । उनीहरुले भूमि सम्बन्धिको अधिकार प्राप्त हुनुपर्ने माग राख्दै विभिन्न कार्यक्रम गर्दैआएको छ । स्थायी रुपमा स्वबासीहरुको समस्या समाधान गर्नको लागि बेनिस्साका घरखेत दर्ता खुल्ला गर्नुपर्ने उनीहरुको मुख्य माग हो । घरखेत दर्ता बन्द भएकै कारणले सरकारलाई तिर्नुपर्ने घर कर समेत तिर्नबाट बन्चित हुनु परेको उनीहरुको भनाइ छ । स्वबासीहरुको धर्ना र ध्यानाकर्षण कार्यक्रममा देशभरका नेवार समुदायको साझा संस्था नेवाः देय् दबूका प्रतिनिधिहरुले ऐक्यवद्धता थिए । काठमाडौं उपत्यकाभित्रका तीन शहरका पुराना बस्तीहरुमा पुस्तौंदेखि बसोबास गर्दै आएका धेरै स्वबासीहरुले लालपूर्जा पाएका छैनन् । कतिपय ठाउँमा यसअघिका भूमि व्यवस्था मन्त्री शशी श्रेष्ठको पहलमा लालपूर्जा वितरण गरिएको भएपनि त्यो कामले पूर्णता पाइसकेको छैन ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal