आज :

कालिकोटको सेराबजारमा रोकिराखेको जीप भरमा खस्यो, कहाँ गएका थिए चालक ?

  • अनलाइन डबली

सुर्खेत । कालीकोटमा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । जिल्लाको रास्कोट नगरपालिका वडा नम्बर–२ सेराबजारमा बा १ च ४६४१ नम्बरको जीप सडकबाट भिरमा खसेर दुर्घटना भएको हो ।

प्रहरीका अनुसार उक्त जीप चालकले स्टार्ट गरेर रोकेका थिए । दुर्घटनामा रास्कोट नगरपालिका–१ लहरेलाका ४३ वर्षका मनबहादुर शाही र उहाँकी श्रीमती मैना शाहीको ज्यान गएको हो।

दुर्घटनामा सोही ठाउँका रितु सिंह घाइते भएका छन् । घाइतेलाई उपचारका लागि रास्कोट अस्पताल लगिएको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार चालकले जीप स्टार्ट गरी छाडेर जुत्ता लगाउन गएका बेला दुर्घटना भएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal