
काठमाडौँ ।नेपालभाषालाइ सम्बर्धन, सम्रक्षण गर्दै नेवार सौदायको मौलिकता, परम्परालाइ निरन्तरता दिने तथा नेपाल भाषा चलचित्रको विकास गर्न नेपालभाषा संकिपा संघया घोषणा भएको छ। नेपाल भाषा चलचित्र क्षेत्रका बरिष्ट हास्य कलाकार हृदय प्रशाद मिश्रको अध्क्षतामा मंगलबार एककार्यक्रमका बिच नेपाल भाषा संकिपा संघया घोषणा भएको हो।
बागमती प्रदेशका संसद हरि प्रभा खड्गी श्रेष्ठले बागमती प्रदेशको कामकाजी भाषासाको रुपमा स्थानीय नेवार तथा तामांग भाषालाइ मान्यता दिइ सकेको भएको कारण स्थानि नेवा:समुदायको मौलिकता , परम्परा झल्किने चलचित्र निर्माण गर्न बागमती प्रदेशको पनि दायित्व भएको बताउनु भयो। उहाले नेपाल भाषा चलचित्रको बिकासका लागि प्रदेश सरकार संग आर्थिक सहयोगको लागि माग गर्ने बताउनु भयो।
यसै गरि संघका अध्क्षय मिश्रले नेपाल भाषालाइ जीवित तुल्याई राख्न चलचित्रको विशेष भूमिका रहने बताउनु भयो। नया बनेको संघमा भाषा , साहित्य , कलाकार लगाएतका सबैलाइ आवद्द गरे वृहत संघ स्थापित गरि चलचित्र निर्माणमा पहलकर्मी भूमिका बढाउदै जाने बताउनु भयो।
नेपाल भाषा क्षेत्रमा सेवा गर्दै आएका डा शान्त वीर शींह तुलाधरको संयोजकत्वमा गठन भएको संघको अध्क्षयमा ह्रदय प्रशाद मिश्र , महासचिवमा सुरेश मानन्धर ,सचिव कोषाध्क्षमा श्याम सुन्दर शिल्पकार ,कोषाध्क्षमा अन्न पुर्णेश्वरी श्रेष्ठ , सदस्यमा आर्यम नकर्मी ,सरद वीर कंकाकार, पवित्र कसा कृष्ण भक्त महर्जन ,र अर्णेश्वरि श्रेष्ठ शिल्पकार हरेका छन् l
आर्थिक तथा अन्य कारण निर्माण हुन् नसकेका चलचित्र निर्माणमा आर्थिक लगाएत अन्य सहयोग गर्ने संघको भनाइ रहेको छ।