
काठमाडौं । सरकारले विद्युत व्यापारसम्बन्धी विधेयक संसदमा पेश गर्ने निर्णय गरेको छ । संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माे बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले विद्युत ब्यापारसम्बन्धी विधेयक संघीय संसदमा पेश गर्ने निर्णय गरेको जानकारी दिइन् ।
प्रधानमन्त्री प्रचण्डको हालै भारत भ्रमणको क्रममा नेपालीको विजुली बंगलादेश लैजान दिने भारत तयार भएको थियो । नेपाल र भारतका बीचमा सन २०१४ मै विद्युत व्यापार सम्झौता भएपनि बंगलादेशमा विजुली लैजान दिन भारत तयार भएको थिएन ।
प्रधानमन्त्री प्रचण्डले नेपाली विजुली बंगलादेश लैजान भारतसँग प्रस्ताव राखेका थिए । जवाफमा भारतीय प्रधानमन्त्री आफू त्यसमा तयार भएको बताएका थिए ।
संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले नेपाल, भारत र बंगलादेशबीच छिट्टै त्रिदेशीय सम्झौता हुने बताएका थिए ।
यो विधेयकसँगै नेपालको विजुली अब बंगलादेश पुग्ने बाटो खुला हुने बताइएको छ ।