आज :

नक्कली भुटानी शरणार्थी प्रकरणः अभियुक्तको पक्षबाट आजबाट बहस सुरु 

  • अनलाइन डबली

काठमाडौं । नक्कली नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त पक्षबाट आजबाट बहस सुरु हुँदैछ । मंगलबार सरकारी वकिलको बहस सकिएको थियो ।

अभियुक्तको तर्फबाट बहस नगर्ने केही कानुन व्यवसायीहरुले सार्वजनिक रुपमा घोषणा गरेपनि पूर्वमहान्यायाधिवक्तादेखि नेपाल बार एशोसिएशनका बहालवाला अध्यक्षदेखि पूर्वअध्यक्षहरूले बहस गर्नका लागि नाम टिपाएका छन् ।

जिल्ला अदालत काठमाडौंले अभियुक्तको तर्फबाट बहस गर्ने समय ६ दिन तोकिएको छ ।

थुनछेक बहस सकिएपछि अभियुक्तहरूलाई थुनामा राखेर मुद्दा चलाउने वा धरौटीमा रिहा गर्ने भन्ने अदालतले आदेश दिनेछ ।

पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, बहालवाला सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार ईन्द्रजित राई, केशव दुलाल र सानु भण्डारीलगायत ३० जनालाई अभियुक्त बनाई अभियोग पत्र दायर गरिएको छ ।

अहिलेसम्म प्रहरीले १८ जनालाई पक्राउ गरी मुद्धा अगाडि बढाएको छ भने १२ जना अझै फरार रहेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal