
काठमाडौं । नेकपा (एमाले) ले उमेर हद हटाएको छ । पार्टी कार्यालय च्यासलमा बसेको बसेको सचिवालय बैठकले ७० वर्षे उमेर हद सम्बन्धी व्यवस्था हटाएको हो । जेठ १९ गतेबाट बैठकले उमेर हद हटाउनुको साथै विभिन्न निर्णय गरेको छ ।
यसअघि विधानमै व्यवस्था गरेको ७० वर्षे उमेर हद हटाउनु पर्ने प्रस्ताव उपाध्यक्ष विष्णुप्रसाद पौडेलले राखेका थिए । उक्त प्रस्ताव एकमतले पारित भएको एक पदाधिकारीले बताउँछन् ।
उमेर हद हटेसँगै मुकुन्द न्याैपानेलाई केन्द्रीय सदस्यमा मनोनित समेत गरिएको छ । उनको उमेर ७० वर्ष पार भइसकेको थियो ।
बैठकले उमेर हदसम्बन्धी यसअघिको निर्णय तत्काललाई निष्क्रिय भएको छ भने अब विधान महाधिवेशनले मनुमोदन गरेपछि विधानबाटै हटाइनेछ ।
पार्टी विभाजन नहुँदै अध्यक्ष केपी शर्मा ओलीले नेता झलनाथ खनाल, बामदेव गौतम, माधव कुमार नेपाललाई नेतृत्वमा आउन नदिन उमेर हदको व्यवस्था गरेको भन्दै विरोध समेत हुँदै आएको थियो ।
अहिले नेतृत्वको लागि ओलीलाई चुनौती दिने कोही पनि नेता एमालेमा छैनन् । नेता वामदेव गौतमले उमेर हद हटाए पुनः एमालेमै फर्किन सक्ने संकेत गरेका थिए ।
उमेर हद हटाउन निर्णयसँगै अध्यक्ष ओलीलाई अर्को कार्यकाल अध्यक्ष हुन बाटो खुला भएको छ । यसअघि अध्यक्ष हुँदा उनले ७० वर्ष पुगेपनि पार नगरेको भनिएको थियो ।