आज :

बजेट टाइप गर्ने श्रेष्ठबारे अर्थमन्त्रालयले मुख खोल्यो, को हुन् उनी ?

  • अनलाइन डबली

काठमाडौं । अर्थ मन्त्रालयले बजेट निर्माणमा अनाधिकृत व्यक्ति भनिएका रामकृष्ण श्रेष्ठबारे औपचारिक भनाई सार्वजनिक गरेको छ । मन्त्रालयका प्रवक्ता धनिराम शर्माले विज्ञप्ति निकालेर श्रेष्ठ सेवा निवृत्त कर्मचारी भएपनि लामो अनुभव र दक्षताका आधारमा कम्प्युटर टाइप गराएको मात्रै बताएका छन् ।

मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ को आर्थिक विधेयक तर्जुमामा कुनै पनि अनधिकृत व्यक्तिको संलग्नता नरहेको दाबी गरेकाे छ । केही संचारमाध्यमहरुले बजेट निर्माणमा अनधिकृत व्यक्तिकाे संलग्नता रहेकाे भन्दै समाचार प्रकाशित गरेका थिए ।

‘चालु आर्थिक वर्षमा पनि निज (श्रेष्ठ) लाई सूचना प्रविधि सहायक कर्मचारीका रूपमा करारमा नियुक्त गरिएको र विगतका वर्षहरूमा जस्तै आर्थिक विधेयक २०८०/८१ को मस्यौदा टाइप गर्ने कार्यमा संलग्न गराइएको ब्यहोरा जानकारी गराइन्छ’ विज्ञप्तिमा भनिएको छ ।

करका दर परिवर्तनमा अनधिकृत व्यक्तिको संलग्नतासम्बन्धी समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको पनि मन्त्रालयले जनाएको छ ।

विज्ञप्तिमा निजामती सेवामा लामो समय भन्सार विभागमा रही आर्थिक विधेयकको मस्यौदा टाइप गर्ने काम गरिरहेका श्रेष्ठलाई विगतका वर्षमा जस्तै २०८०/८१ को आर्थिक विधेयक टाइप गर्न लगाएको प्रवक्ता शर्माले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal