
काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपाली भूमि भएको बताउँदै त्यसको विकल्पबारे कुरा नभएको बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणको क्रममा आफूले सीमाबारे कहीँपनि विकल्प नदिएको बताए ।
“मैले कहीँपनि विकल्प यो हुन्छ र यसमा जाउँ भनेर प्रस्तावित गरेको छैन । प्रष्ट होस्’, प्रचण्डले भने, ‘कहीँ कोही कन्फुजन नहोस् । हामीले भनेका छौँ कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालको भूमिका हो । नेपालको भूमि हो भन्ने कुरा स्थापित कुरा सबैभन्दा ठूलो कुरा हो भन्नेमा म स्पष्ट छु” प्रधानमन्त्रीले भने ।
आफूले सोहीअनुसार आफ्नो भूमिका खेलेको पनि प्रचण्डले बताए । उनले सिधा तथ्य भएको कुरालाई नघुमाउन पनि अनुरोध गरे । तुलनात्मक रुपमा भ्रमण सफल मात्रै नभई ऐतिहासिक भएको पनि प्रचण्डले बताए ।