आज :

मेरो ध्यान उत्पादन बढाउने र रोजगारी सृष्टि गर्नेतिर छ: प्रधानमन्त्री

  • अनलाइन डबली

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सम्पूर्ण ध्यान उत्पादन बढाउन र रोजगारी सृष्टि गर्ने तिर भएको बताउनुभएको छ ।

काठमाडौं विश्वविद्यालय सभाको ९७ औं बैठकलाई आज बिहान बालुवाटारमा सम्बोधन गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘हामी सबैले मिहेनत गरेर उत्पादन वृद्धि र रोजगारीको वातावरण बनाउने तिर जानु पर्दछ ।’ उहाँले काठमाडौं विश्वविद्यालयले रोजगारी स्वदेशमै सृष्टि गर्न महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउनुभयो ।

‘आफूले उत्पादन गरेको जनशक्तिलाई देशभित्रै खपत गर्ने वातावरण बनाउनको निम्ति सरकारलाई सहयोग गर्ने जिम्मेवारी यो विश्वविद्यालयको हो, प्रधानमन्त्रीले भन्नुभयो, हामी अलिक धेरै नै राजनीति गर्ने जस्ता भयौं । हरेक कुरामा राजनीति मात्र हुँदा देशमा आर्थिक, शैक्षिक र उत्पादनका विषयहरु पछि परे । जहाँ अनुशासन कायम भयो, जहाँ विकास निर्माणका कामलाई प्राथमिकता दिने भयो, त्यहाँ अनावश्यक राजनीतिक खिचातानी गर्ने ठाउँ नरहने र देशले आर्थिक विकासमा फड्को हान्ने वातावरण रहने रहेछ । यो विभिन्न देशको अनुभवहरु हेर्दा देख्न थाहा पाउन सक्छौं । उत्पादनको विकास भएर धनी हुँदै गए रोजगारी पनि सोही अनुरुप सृष्टि हुँदै जाने र दक्ष जनशक्ति पनि तयार हुने रहेछ ।’

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal