काठमाडौं । आज प्रतिनिधिसभा बैठक बस्दैछ । आजको बैठकमा बजेटमाथि औपचारिक बहस सुरु हुँदैछ । संसद सचिवालयका अनुसार संसद बैठक ११ बजेको लागि बोलाइएको छ ।
अर्थमन्त्री प्रकाश शरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि पेश राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
अर्थमन्त्री महतले जेठ १५ गते संसदमा बजेट पेश गरेका थिए ।
यस्तै बैठकमा पूर्वमन्त्री मीना पाण्डको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।