आज :

कोड क्लव स्थापना पछी बिद्यार्थीमा उत्साह , कोडिङ, एनिमेसन, सिम्पल प्रोग्रमिङ सिकाइने

  • अनलाइन डबली

काठमाडौं महानगरपालिका वडा नं. १६,बालाजुस्थित शितला माध्यमिक विद्यालयमा कोड क्लबको स्थापना भएको छ । यो कोड क्लब नेपालकै पहिलो बिद्यालय कोड क्लब हो ।

कोड क्लबका विद्यार्थीहरूले खेल मैदानमा फुटबल, बास्केटबल खेले जसरी रमाउँदै कप्युटरबाट नयाँ कार्यक्रम बनाउन सक्छन् । यसको आधार स्क्याच कोडिङ् हो । यसरी निर्माण गरिएका कार्यक्रमहरू १६० देशका विद्यार्थीको नेटवर्कमा पुग्छ । यही प्लेटफर्मबाट अन्तर्राष्ट्रिय प्रतिस्पर्धा समेत गर्न सकिन्छ।
चौत्र वटा विद्यालयबाट सुरु गर्न लागिएको यो कोड क्लब महानगरको सबै सार्वजनिक विद्यालयमा स्थापना गर्ने तयारी रहेको छ। उक्त क्लब मार्फत विद्यार्थीहरूले कोडिङ, एनिमेसन, सिम्पल प्रोग्रमिङहरुका साथै वेबसाईट तथा विभिन्न एप्लिकेशन बनाउने क्रियाकलापहरू सिक्नेछन्।

शुक्रबार  काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले उक्त क्लवको उत्घाटन गर्नु भयो । उहाले पछिल्लो समयमा बिद्यालयले गरको प्रगतिबाट आफु खुसी रहेको र विद्यालयको लागि हरेक प्रकारको सहयोगगर्न तत्पर रहेको बताउनुभयो । शिक्षा र स्वास्थ्यको आमूल परिवर्तनमा महानगरपालिका महत्वाकाक्र्षी कार्यक्रमका साथ लागि परेको हुनाले सवैको साथ र सहयोगका खाँचो रहको उहाको भनाइ छ  ।  उपप्रमुख सँगै शिक्षा विभाग प्रमुख सिताराम कोइराला, शिक्षा सल्लाहकार रेशु ढुंगाना अर्याल, आइटि विज्ञ सगुन ढुंगाना लगायतको टोलीले सो विद्यालयको बुक फ्रि फ्राइडे, शिक्षामा सिप अन्तरगत ब्युटिशियन एण्ड हेयर स्टाईल, नियमित कक्षामा भइरहेका ह्याण्डस अन अन्तरगतका अन्य कार्यहरुको अनुगमन गर्नु भएको छ।
उक्त अनुगमनमा शितला स्कुलमा स्काउट, नेपाल भाषामा सङ्गीत, चित्र बनाउने सीप तालिम लगायतको सिकाइ भएको छ भने विद्यालयमा जुरेस, इको क्लव, जर्नल पब्लिकेशन क्लव, डिआरआर क्लव, स्काउट, कोड क्लब, बाल क्लव, डिबेट क्लव लगायत १० वटा क्लवहरु संचालनमा रहेको विद्यालयका प्र.अ. लक्ष्मण श्रेष्ठले ब्रिफिङ्ग गर्नुभयो ।
वि.व्य.स अध्यक्ष शुक्रलाल श्रेष्ठले विद्यालयमा गठित सवै क्लवहरु सक्रिय रहेकाो र ‘शिक्षामा सिप’ कार्यक्रम अन्तर्गत सौन्दर्य कला र कपाल शैली (हेयर स्टाइल) सम्बन्धी तालिममा शितला मा.वि. छात्रछात्रा दुवै सहभागी रहेको उल्लेख गर्नुभयो ।

कक्षा ४ देखि कक्षा ९ सम्मका विद्यार्थीलाई लक्षित उमेर समूहमा राखेर कोड सम्बन्धी कार्यक्रम सञ्चालन गरिएको यस कार्यक्रमले विद्यार्थीको सिप , विद्यार्थीहरूको शैक्षिक तथा शोच विकास र आलोचनात्मक बिचारको विकासमा सहायता पुग्ने उक्त बिद्यालयका शिक्षकहरुको भनाइ रहेको छ  ।
शितला मा.वि. र महानगरको सहकार्यमा सो विद्यालयको आफ्नै वेबसाइट निर्माण सम्पन्न भई कन्टेन्ट म्यानेजमेन्टको कार्य भइरहेको छ। जसले गर्दा सामुदायिक विद्यालयहरूको आफ्नो पहिचान अब विश्व सामु पुग्न मद्दत पुग्ने छ।
का.म.न.पा. शिक्षा विज्ञ रेसु अर्यालले शिक्षकहरूको डिजिटल लाइवेरी सिपमा स्तर उन्नति गर्ने उद्देश्य सहित, सबै सामुदायिक विद्यालयलाई शिक्षाका लागि चाहिने गुगल वोर्क प्लेस प्रयोगमा ल्याउने काम सुरु गरिएको बताउनु भयो ।

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal