
काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड र भारतीय राष्ट्रपति द्रौपदी मुर्मुबीच शिष्टाचार भेटवार्ता भएको छ । भ्रमणको दोस्रो दिन विहीबार प्रचण्ड र राष्ट्रपति मुर्मुबीच भेटवार्ता भएको हो ।
राष्ट्रपति कार्यालयमा भएको सो भेटमा द्विपक्षीय हितका विविध विषयमा विचार विमर्श भएको थियो । प्रधानमन्त्रीसँगको भेटपछि विभिन्न सहमति तथा सम्झौतामा हस्ताक्षर भएको थियो ।
प्रधानमन्त्री दाहालको सम्मानमा भारतीय प्रधानमन्त्री मोदीले हैदरावाद हाउसमै दिवा भोजको आयोजना गरेका थिए ।