
काठमाडौँ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिँदै गरेका अवस्थामा पक्राउ परेका जनकपुरधाम उपमहानगरपालिका–११ का वडाध्यक्ष अर्जुनकुमार चौधरी र वडा सचिव माधवकुमार राय विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
जग्गा दर्ता सर्जमिन मुचुल्काको रोहबरमा दस्तखत गर्न सेवाग्राहीसँग ५० हजार घुस माग्दै गरेका आधारमा रकमसहित आयोगको बर्दिबास कार्यालयबाट गएको टोलीले वडाध्यक्ष चौधरी र वडा सचिव रायलाई पक्राउ गरि आज शुक्रवार मुद्दा दायर गरिएको हो ।