
काठमाडौँ । नेकपा एमालेले प्रतिनिधिसभा बैठक अवरोध गरेको छ। नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले गत बुधबार संसद बैठकमा प्रमुख प्रतिपक्षी दल तथा एमाले अध्क्षय केपी शर्मा ओलीलाई पशुपतिनाथको गजुरमा सुन भनेर पित्तलको जलप हालेको आरोप लगाएको बिषयमा आपत्ति जनाउदै एमालेका सांसदले आज संसद अवरोध गरेको हो।
एमाले सांसद् सुवासचन्द्र नेम्वाङले प्रतिपक्षी दलका नेतामाथि सुनको जलारीको नाममा पित्तलको जलारी चढाएर भ्रष्टाचार गरेको आरोप लगाइएको बताए ।
यसै गरि एमाले प्रमुख सचेतक पदम गिरीले प्रतिपक्षी दलको नेता केपी शर्मा ओलीलाई पशुपतिनाथ मन्दिरको गजुरमा सुन लगाउने नाममा पित्तल लगाएको भन्ने आरोप लगाइएको भन्दै आपत्ती जनाए । उक्त आरोप बारेमा क्ष्मामाग्नु पर्ने भन्दै एमाले सांसदहरुले नाराबाजी गरे । उनीहरुले प्रमाण बिना लागाएको आरोप फिर्ता नलिए सम्म संसद चलन संसद घेराउ गरे।
एमालेले अवरोधपछि संसद बैठक २० मिनेटका लागि स्थगित भएको छ।