आज :

पश्चिम रुकुममा जीप दुर्घटनमा परी ज्यान गुमाउनेको संख्या ५ पुग्यो

  • अनलाइन डबली

सुर्खेत । रुकुम पश्चिममा भएको जीप दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या ५ पुगेको छ । जिल्लाको बाँफिकोट गाउँपालिकामा – ८ दुलीमा विहीबार विहान जीप दुर्घटना भएको हो ।

सानीभेरी गाउँपालिका– ५ मेलचौरबाट जिल्ला सदरमुकाम खलङगा जाँदै गरेको लु १ ज १७४७ नम्वरको जिप दुलीको मोतिखोलामा दुर्घटना भएको प्रहरीले बताएको छ ।

रुकुम पश्चिम प्रहरीका अनुसार दुर्घटनामा परी सानोभरी नगरपालिका ७० वर्षीय कर्णबहादुर बाडा मगर, ५० वर्षीय देउचन खत्री, बाँफिकोट – ८ का २२ वर्षीय रेखा खनाल, उनको छोरा रोशन केसी र सोही ठाउँका एक अर्को जनाको मृत्यु भएको छ ।

जिप सडकबाट करिब चार सय मिटर तल खसेको बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal