काठमाडौँ । नदीकिनार अब्यबस्थित बेसका सुकुम्बासीको ब्यबस्थापन नहुदा बाग्मती करिडोरको निर्माण पुरा हुन सकेको छैन। काठमाण्डौका मुख्य सडकमा रहेको सवारी चाप कम गर्नेसँगै बाग्मती र त्यसको सहायक नदीको संरक्षण गर्ने उद्देश्यले २ दशक अगाडी सडक निर्माण र नदी संरक्षणको काम सुरु गर्दै करिडोर ट्याक खोल्न सुरुवात भए पनि तिलगङ्गा, थापाथली, बल्खुलगायतका क्षेत्रमा अनिधिक्र्ट रुपमा बस्दै आएका सुकुम्बासी बस्तिका कारण काम रोकिएको अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिका सूचना अधिकारी कमल अर्याल बताउनु हुन्छ ।
समितिका सूचना अधिकारी अर्यालका अनुसार तिलगङ्गादेखि सिनामङ्गलसम्म ५/६ सय र थापाथलीमा २ सय ४३ घरधुरीको बसोबास करिडोर सडक निर्माण गर्ने ठाउँमा रहेको छ । यसै गरि बानेश्वर क्याम्पस क्षेत्रमा एकातिर मात्रै ट्रयाक खुलेको छ भने अर्कातर्फ खुल्न सकेको छैन । तिलगङ्गाबाट अगाडि देब्रे सडक मात्रै खुलेको छ । तीनकुने पुलबाट दायाँतर्फ सिनामङ्गल पुल नजिकै दुई किलोमिटर सडक खुल्न सकेको छैन ।
अव्यवस्थित बसोबासीको विषयमा राष्ट्रिय मुद्दा बनेको र यसले समाधान नपाए सम्म नयाँ ट्रयाक खोल्ने नसकिने उहाको भनाइ रहेको छ । सुकुम्बासी बस्तीलाई ब्यबस्थित तथा स्थानान्तर गर्ने काठमान्डू महानगर पालिकाले त्यस स्थानमा बास्दै आएका सुकुम्बासीको बास्तविक लगत तथ्यांक प्रक्रिया अगाडी नबधाइएका काराण मुख्य भएको रास्ट्रिय भुमि आयोग काठमाडौँका अध्क्षय स्याम कृष्ण प्रजापति बताउनु हुन्छ । गएको मङ्सिर १२ मा काठमाडौँ महानगरले थापाथली स्थित सुकुम्बासी बस्ति खाली गर्न बल प्रयोग गर्न खोजे पनि प्रतिकार हुदा बस्ति खाली गर्न बात पछी हात्नु पर्यो । महानगरको यो कदमलाइ राष्ट्रिय भुमि आयोग काठमाडौँ अध्क्षय प्रजापतिले असहज परिस्थिति महानगर आफैले सृजना गरेको बताउनु हुन्छ ।
हाल तिलगङ्गादेखि सिनामङ्गलसम्म बागमती नदि किनार अनिधिकृत रुपमा बसोबास गरेका संख्या ५/६ सय र थापाथलीमा २ सय ४३ घरधुरीको बसोबास करिडोर सडक निर्माण गर्ने ठाउँमा रहेको छ । राष्ट्रिय भूमि आयोगले समस्याको समाधान गरेपछि मात्रै करिडोर निर्माण अघि बढ्नसक्ने अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिको ठहर रहेको छ भने , काठमाडौँ महानगर पालिकाले उक्त स्थानमा बसोबास गर्दै आएकाहरुको एकिन लागत संकलन नगर्नाका कारण करिडोर निर्माण अघि बढ्न नसकेको बटाउदै आएका छन् ।
हाल बागमती नदि किनार भएर तीनकुनेबाट बुद्धनगर हुँदै थापाथलीसम्म सडक बनिसकेको छ , भने पारि पट्टि ललितपुरको शङ्खमूलमा च्यासल मैदानबाट मनोहरातर्फबाट आउँदाका खण्डमा ट्रयाक खुल्न बाँकी रहेको छ । शङ्खमूल बात युएन पार्क सम्म यो करिडोर खुल्न सके बागमती नदीकिनार हुदै यो बाटो बल्खु चक्रपथ सम्म सम्म सडक पुग्छ ।
समितिले बागमती नदिको उद्गम स्थल सिवपुरीको बागद्वारदेखि दाक्षिण ललित पुर् कटुवाल दहसम्म ४४ किलोमिटर क्षेत्रको जिम्मा पाएको छ ।


अनलाइन डबली


