
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामेछानेले नक्कली भुटानी शरणार्थी काण्डमा जजसको नाम आएको छ , तिनलाई छानविनको दायरामा किन ल्याउन नहुने भनि प्रश्न गरेका छन् । प्रतिनिधि सभा आजको बैठकमा सभापति लामेछाने नक्कली भुटानी शरणार्थी काण्डमा जुनजुनको नाम आएको छ , तिनलाई छानविनको दायेरामा ल्याउन नहुने ,सोधपुछ सम्म गर्न नहुने गरि किन डराएको भनि सभामुख समक्ष् प्रश्न राखेका हुन् । उनले यो काण्डमा जुन जुन निकायहरु यसमा लागिपरेका छन् ,कसैको पनि विश्वास गर्ने वाताबरण नभएको समेत बताए ।
उहाले कांग्रेस , माओवादी केन्द्र र एमाले तिन राजनैतिक दलहरु यस मुद्दालाइ कमजोड बनाउन लागिपरेको आरोप लगाउदै भने , ‘ तिन राजनैतिक दलहरु खुसुर खुसुर गरेको बिषय लाई लिएर आसंका ब्यक्त गर्दछु। आज कुनै राजनैतिक दल बाकि रहेको छैन ,जसलाई आरोप लाग्न बाकिरहेको छ। यतिमात्र होइन राज्यका निकायहरुको नाम यसरी आइरहेको छ। अनुसन्धान गर्ने अधिकारि, यसका प्रमुखहरुको नाम आइरहेको छ।यस्तो अवस्थामा यो कुनै अध्यारो कोठा वा कुनै गल्लिमा भएको क्रियाकलाप छैन। दिउसै दिन दाहादै, दिनको उज्यालोमा प्रधान मन्त्री क्वाटर बालुवाटारमा ,मन्त्री क्वाटरमा , मन्त्री बस्ने सिंह दरवारमा लेन देन भएको यस्ता बिषयहरु आइरहेका छन् ,कि यहा मुछिएका मानिसहरु हेर्नुस, हामीले अब कसलाई बिस्वास गर्ने ? यसकारण यो बिश्वासको वातावरण बन्द भएको छ। यसका लागि संसदीय विशेष समिति बनाइनु पर्छ। र छानबिन गरिनु पर्छ। जुन जुन निकायहरु यसमा लागिपरेका छन् ,कसैको पनि विश्वास गर्ने वाताबरण नभएको हुनाले सम्मानित सभामुखमार्फत यो अनुरोध गर्नु चाहन्छु कि, जजसको नाम आएको छ , तिनलाई छानविनको दायेरामा ल्याउन नहुने ,सोधपुछ सम्म गर्न नहुने गरि किन डराएको गृह मन्त्रीले मुटु दह्रो छ , भन्नु भएको थियो , प्रधान मन्त्रीले मुटु दह्रो छ , भन्नु भएको थियो। उहाको मुटु कहाँ गएर चेक गर्ने ? उहाको मुटु कति दह्रो छ भन्ने कुरा हामीले देखेका छौ। हरेक नाम आएकाहरु संग सोध पुछ हुनु पर्यो , कानुनि दायेरामा ल्याउन पर्यो, खुट्टा कमाउन भएन। आम नगरीकको हकमा बयान दिन आउछु भन्दा पनि पनि धरपकड गर्दै प्रहरीले लिएर गएको इतिहास छ। प्रहरी प्रमुखले अडियो सहि हो भनेका छन्। यक पटक सोध पुछका लागि बोलाउन समेत नहुने , को हो उहाहरु ? यत्रो ठुलो अन्तरराष्ट्रिय बेज्जत भएको अबस्थामा यो कदापि हुन् दिदैनौ , यो गम्भीर बिषय छ।
जजसले छानबिन गर्नु पर्ने हो उनीहरुको नाम आइरहेको छ। यो छन् विनले , नेपाली जनताले चाहेको जस्तो नतिजा दिन सक्दैन। तसर्थ संसदले विशेष समिति बनाएर छनविन गर्नु पर्छ । ’