
काठमाडौँ । नक्कली भुटानी शरणार्थीको लहरो तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री बादल, गृहसचिव प्रेम कुमार राईसम्म पुगेको छ । यो प्रकरणाका आरोपी सानु भण्डारी र केशव दुलाले त्यतिबेला आफूहरुसँग ककसले रुपैयाँ लिएका हुन् स्थान र समयसहित वयन दिएका छन् ।
वयनलाई हेर्दा लहरो तन्दा पहरो खसेजस्तै नक्कली भुटानी शरणार्थी प्रकरण सरकार प्रमुखसम्मै पुगेको छ । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले तयार पारेको अभियोग पत्रमा केशल दुलालको वयनमा बादलले समेत राष्ट्रिय सभा चुनावअघि तीन करोड रुपैयाँ .बुझेको उल्लेख ।
“तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलले तपाईं र तपाईंको आफन्तलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिन्छु भनी निजका छोरा प्रतिक थापामार्फत मन्त्री क्वार्टर पुल्चोकमा बोलाइ निज रामबहादुर थापा बादल राष्ट्रिय सभाको चुनाव हुनुभन्दा अगाडि ३ करोड नगदै बुझी लिएको, प्रतीक थापाले नक्साल निलगिरी थकाली भान्सा घरको आँगन उत्तरतर्फ रहेको होटलको माथिल्लो तलामा बोलाइ २०७६ साल असारमा एक करोड बुझी लिएका थिए” अभियोगपत्रमा उल्लेख छ ।
त्यस्तै, दुलालले तत्कालीन गृहसचिव प्रेमकुमार राईले गृहमन्त्री बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईमार्फत सचिवको कार्यकक्षमै बोलाएर २०७६ सालको साउनमा ३ करोड रुपैयाँ नगद बुझेको वयन दिएका छन् ।
तत्कालिन ऊर्जामन्त्री टोपबहादुर रायमाझी प्रमुख स्वकीय सचिव लीला जिसीमार्फत २०७६ असोज महिना प्रधानमन्त्री निवास बालुवाटारमै बोलाएर एक करोड बुझेको आरोपपत्रका उल्लेख छ ।
आरोपी दलालका अनुसार भुटानी शरणार्थी समस्या समाधान सम्बन्धी कार्यदलको प्रतिवेदन निर्णायार्थ मन्त्रिपरिषदको सामाजिक समितिमा पेश भएका बेला अघिल्लो दिन उर्जामन्त्री रायमाझी र आफूलाई पनि रकम चाहियो भनेर स्वकीय सचिव जिसीले पुल्चोकस्थित मन्त्री क्वार्टरमा बोलाएरको र सामाजिक समितिबाट निर्णय भएको अघिल्लो दिन बेलुकी एक करोड नगदै बुझी लिएको दुलालको वयनमा भनिएको छ ।
ओलीको पूर्व पूर्वसल्लाहकार डा. अजयक्रान्ति शाक्य र तत्कालीन काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यका निजी सचिव राजेश्वर एक एक करोड बुझिलिएको दलाले बताएका छन् । उक्त रुपैयाँ बादलको निवासमै बुझाएको वयन दिएका छन् ।