आज :

विज्ञापन बोर्ड नसच्चिए पत्रकार महासंघले सिंहदरबार घेर्छः महासचिव पुरी

  • महेश शर्मा

काठमाडौं । नेपाल पत्रकार महासंघका महासचिव रोसन पुरीले विज्ञापन वोर्ड नसच्चिए सिंहदरबार घेर्ने चेतावनी दिएका छन् । मंगलबार राजधानी स्थित विज्ञापन वोर्डको कार्यालयमा तालबन्दी गर्दै सो चेतावनी दिएका हुन् ।

हालै विज्ञापन वोर्डले तालुकात निकायसँग परामर्श नगरी जेठ १५ गतेबाट लोककल्याणकारी विज्ञापन नदिने घोषणा गरेपछि विभिन्न पत्रकार संगठन आन्दोलित भएका थिए । आन्दोलन् तथा तालबन्दी कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा महासचिव पुरीले मनोमानी ढंगबाट साना तथा स्वरोजगारमूलक मिडियाहरुको विज्ञापन वोर्डले घाँटी न्याक्ने कार्य गरेको आरोप लगाएका हुन् । तत्काल आफ्नो निर्णयबाट पछि नहटे पत्रकार महासंघको नेतृत्वमा कडा आन्दोलन् गर्ने चेतावनीसमेत दिएका छन् ।

प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटाले वोर्डमा बसेर नेतृत्वले राजनीति गरिरहेको आरोप लगाउँदै त्यस्तो श्रमजीवी मारा कार्य नसच्याए पदच्युत गर्ने स्तरको आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् । वोर्डले विज्ञापन एजेन्सीसँग सम्झौता गरेर कमिसन खाने र समानुपातिक विज्ञापन मिडिायलाई नदिने षड्यन्त्रको भण्डाफोर गर्ने बताए । सो कार्यक्रममा विभिन्न संघसंगठनहरुले ऐक्यबद्धता जाहेर गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal