आज :

अमेरिका आर्थिक संकटमाः राष्ट्रपति बाइडन भ्रमण छोडेर स्वदेश फिर्ता, आफ्नो स्थान गुमाउँदै

  • अनलाइन डबली

काठमाडौं । आफूलाई विश्वको एक नम्बर अर्थतन्त्र वा बलिया दाबी गर्दै आएको अमेरिका आर्थिक रुपमा टाट पल्टिने अवस्थामा पुगेको छ । आर्थिक समस्याका कारण संकट आउन थालेपछि अमेरिकी राष्ट्रपति जो बाइडनले जी-७ को को क्रममा भ्रमण छोडेर स्वादेश पुगेका छन् ।

जी-७ को बैठकमा भाग लिन बाइडेन पपुवा न्युगिनी पुगेका थिए । तर भ्रमण रद्द गरेर स्वदेश फर्किएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।

रिपब्लिकन नेतृत्वको सदनले राष्ट्रपति जो बाइडेनले वर्तमान र भविष्यको सामाजिक सुरक्षा योजनामा कटौती नगरे राष्ट्रिय ऋण तिर्न नदिने बताएका छन् । संसदले सरकारी ऋण तिर्ने स्वीकृति केही दिनभित्रै नदिएमा अमेरिकाले विश्व अर्थतन्त्रमा आफ्नो स्थान गुमाउने पक्का छ ।

जी–सेभेनको बैठकको क्रममा पपुवा न्युगिनीले अमेरिकी बाइडेनको सम्मानमा विशेष तयारी समेत गरेको थियो । तर यहीबेला देशको अर्थतन्त्रमा समस्या देखिएपछि बाइडेन स्वदेश फर्किएको बताइएको छ ।

सरकार ऋण तिर्नका लागि असमर्थ भएमा लाखौँ मानिस सामाजिक सुरक्षा सेवा प्राप्तिबाट वञ्चित हुने छन् । ऋण भुक्तानी स्वीकृतिका लागि ह्वाइटहाउस र रिपब्लिकन नेतृत्वको संसदबीच पछिल्लाे एक हप्तासम्म पहल भए पनि सहमति हुन जुट्न नसकेपछि बाइडन हतरमा भ्रमण छोडेर फिर्ता भएका हुन् ।

स्वादेश फिर्ता भएपछि जो बाइडनले सभामुख केभिन क्यार्थीसँग छलफल थालेको बताइएको छ । जापानको हिरोसिमामा बाइडेनले विश्व अर्थतन्त्रबारे प्रतिबद्धता नजनाएकामा विश्वका नेताहरूले आश्चर्य व्यक्त गरेका थिए ।

बीबीसीका अनुसार बाइडेनको प्रतिबद्धता नआउनुमा अमेरिकी अर्थतन्त्रको समस्या नै रहेको छ ।

यो आर्थिक संकटकै कारण युक्रेनमा अमेरिकी नेतृत्वको गठबन्धन पनि रुससँग पराजित हुने सम्भावना बढेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal