आज :

नक्कली भुटान शरणार्थी प्रकरणः प्रहरीले आज अनुसन्धान प्रतिवेदन बुझाउँदै, चारवटा गम्भीर अपराधमा मुद्दा चल्ने

  • अनलाइन डबली

काठमाडौं । प्रहरीले नक्कली भुटानी प्रकरणको अनुसन्धान प्रतिवेदन आज बुझाउने बुझाउने तयारी गरेको छ । आइतबार नै बुझाउने भनिएपनि प्राविधिक कारण बुझाउन नसकेको बताएको प्रहरीले आज सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाउन लागेको छ । चारवटा गम्भीर अपराधामा मुद्दा चलाउन रायसहित मुल प्रतिवेदन बुझाउन लागेको हो ।

प्रहरीले आज जिल्ला सरकारी वकिलको कार्यालय काठमाण्डौमा प्रतिवेदन बुझाएपछि अनुसन्धान प्रतिवेदन अध्ययन गरी अभियोगपत्र तयार पार्न सरकारी किलको कार्यालयले आठ सदस्यीय कार्यदल बनाएको छ । कार्यदल गठनसँगै प्रहरीले हिजो नै अनुसन्धानको आंशिक प्रतिवेदन पेस गरिसकेको छ ।

प्रहरीले आरोपितलाई बयान लिएर चार वटा अभियोगमा मुद्दा दायर गर्ने गरी प्रतिवेदन तयार पारेको छ । उनीहरूविरुद्ध ठगी, राज्यविरुद्धको अपराध, सरकारी दस्तखत किर्ते, सङ्गठित अपराधको अभियोगमा मुद्दा चलाउनुपर्ने प्रहरीको राय छ । आरोपितविरुद्ध मानव बेचबिखन, सम्पत्ति शुद्धीकरण, प्रमाण नष्ट, सार्वजनिक पदको दुरुपयोग, भ्रष्टाचारलगायत अरू कसुर पनि आकर्षित हुने देखिएको छ ।

पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाण, सचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, हज समितिका अध्यक्ष शमशेर मियाँ, पूर्वसभासद आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री खाणका स्वकीय सचिव नरेन्द्र केसी, सन्दीप रायमाझीसहित केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टंक गुरुङ, गोविन्द चौधरी र रामशरण केसी पक्राउ परेका छन् ।

त्यस्तै, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक र इन्द्रजित राईका छोरा नीरजसहितका व्यक्ति भने फरार सूचीमा छन् ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal