आज :

भारतले दुई हजार दरका नोट चलनचल्तीबाट हटाउने 

  • अनलाइन डबली

काठमाडौं । भारतले दुई हजार दरका नोट चलनचल्तीबाट हटाउने घोषणा गरेको छ । हिजो भारतको रिजर्भ बैँक (आरबीआई) ले निकालेको विज्ञप्तिमा यी नोटहरू वैध नै रहने र आउँदो सेप्टेम्बर ३० तारिख (असोजको १३ गते)सम्म बैँकहरुमा जम्मा गर्न सकिने जनाएको छ ।

नागरिकले आफ्नो खातामा दुई हजारका नोट जम्मा गर्न वा जुनसुकै शाखामा गएर नोट साट्न सक्ने उल्लेख छ । साथै बैँक खातामा जम्मा गर्नका लागि कुनै सीमा तोकिएको छैन र त्यसमा विद्यमान कानून लागु हुने बीबीसी हिन्दीले जनाएको छ । आरबीआईले बैँकहरुलाई तत्काल दुई हजारका नयाँ नोट जारी नगर्न पनि निर्देशन दिएको छ ।

आरबीआईले यसअघि पाँच सय र एक हजार दरका नोट बन्द भएपछि अर्थतन्त्रमा मुद्राको आवश्यकता पूरा गर्न दुई हजारका नोट जारी गरेको थियो । तर साना नोटको आपूर्ति सहज भएपछि सन् २०१८/१९ मा दुई हजारका नोट छाप्न रोकिएको थियो ।

सन् २०१६ को नोभेम्बरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ५ सय र एक हजार रुपैयाँका नोट बन्द गर्ने घोषणा गर्नुभएको थियो । त्यसपछि भारत सरकारले दुई हजारको नयाँ नोट चलन चल्तीमा ल्याएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal